Category Archives: News

विषयः उपस्थिति सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा यस मध्यविन्दु बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रमाणीकरण QAA (Quality Assurance and Accreditation) प्राप्त गरेको सुखद अवसरमा यही मिति २०७३ माघ ६ गते बिहीबारका दिन विहान ११ः०० बजेदेखि प्रभात फेरी कार्यक्रम को आयोजना गरिएकाले उपस्थितिको लागि अनुरोध छ । साथै सम्बन्धित सबैको तर्फबाट आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।

हिउँदे विदा सम्वन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा यस मध्यविन्दु बहुमुखी क्याम्पसको शैक्षिक कार्यतालिकामा ब्यवस्था भए वमोजिम पौष १५ गते तमु ल्होसारको अवसरमा क्याम्पस विदा रहने र त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित स्नातक तथा स्नाकोत्तर तहका(बिहानी र सन्ध्याकालीन सिफ्ट) लागि मात्र पौष १७ गतेदेखि माघ २ गते सम्म शीतकालीन (जाडो) विदा हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। […]

सूचना

ंउपर्युक्त सम्वन्धमा क्याम्पसको शैक्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार मिति २०७३ मङ्सीर २८ गते मङ्गलवार परेको उधौली पर्वको अवसरमा क्याम्पस विदा रहने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सूचना

दिपावली पर्व २०७३ को उपलक्ष्यमा यस क्याम्पसका सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी एवं समस्त देशवासीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यहि २०७३ कार्तिक १४ गतेदेखि १७ गते सम्म दिपावली विदा रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । पुनश्चः मध्यविन्दु बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट HERP छनौट भएको र QAA प्रकृया पूरा गरेको सन्दर्भमा +२ लाई भिन्दै […]

हार्दिक शुभकामना ।

नेपालीहरुको महान पर्व विजयादशमी एवं शुभ दीपावली, छठ पर्व २०७३ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, संचालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।े साथै क्याम्पसको शैक्षिक क्यालेण्डरमा व्यवस्था […]

स्नातक तह तृतीय वर्षको कक्षा संचालन सम्वन्धी सूचना ।

यस मध्यविन्दु वहुमुखी क्याम्पसमा स्नातक तह अन्तरगत तृतीय वर्षको कक्षा संचालन २०७३ साल श्रावण १७ गते देखि हुने संचालन हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ ।

Pre-visit of UGC For QAA: Day-1

The Pre-visit team of University Grants Commission (UGC) on the process of Quality Assurance and Accreditation Orientation program has launched on the Schedule of 15th June to 17th June 2016. This program has facilitated by Quality Assurance Accreditation Director Dr. Shaym Prasad Lohani and Program officer Narayan Prasad Bhandari, Mr Bishnu Prasad Lamsal, the SSR […]

गृष्मकालिन विदा सम्वन्धि सूचना ।

यस क्याम्पसको शैक्षिक कार्यतालिकामा ब्यवस्था भए वमोजिम यस क्याम्पसमा संञ्चालित स्नातक तथा स्नातकोत्तर तहका लागि यहि जेष्ठ १६ गतेदेखि आषाढ १५ गते सम्म गृष्मकालिन विदा हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । पुनश्चः १.प्रशासनिक कार्यको लागि सार्वजनिक विदाको दिनवाहेक अन्य दिनमा विहानी समयमा क्याम्पस प्रशासन खुला रहनेछ ।

दोस्रो आन्तरिक परीक्षासम्बन्धी सूचना ।

यस क्याम्पसमा स्नातक तह तर्फ व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकाय प्रथम र द्वितीय वर्र्षमा अध्ययनरत विद्यार्थीहरुको दोस्रो आन्तरिक परीक्षा २०७३ मिति २०७३/०२/१६ गते देखि संचालन हुने भएकोले अनिवार्य रुपमा परीक्षामा सहभागी हुनका लागि सम्बन्धित विद्यार्थीहरुका लागि यो सूचित गरिन्छ ।

परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७३ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने स्नातक तह द्वितीय खण्डकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मितिः २०७३/०१/२५ गते सम्ममा आवश्यक प्रकृया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ ।