परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७३ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने स्नातक तह द्वितीय खण्डकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मितिः २०७३/०१/२५ गते सम्ममा आवश्यक प्रकृया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ ।