सूचना

दिपावली पर्व २०७३ को उपलक्ष्यमा यस क्याम्पसका सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी एवं समस्त देशवासीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यहि २०७३ कार्तिक १४ गतेदेखि १७ गते सम्म दिपावली विदा रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः मध्यविन्दु बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट HERP छनौट भएको र QAA प्रकृया पूरा गरेको सन्दर्भमा +२ लाई भिन्दै व्यवस्थापन गरी सञ्चालन गर्नुपर्ने प्रावधान वमोजिम हाललाई +२ तर्फका सम्पूर्ण कक्षाहरु यहि कार्तिक १८ गते देखि दिवा सत्रमा सञ्चालन हुने व्यहोरा सूचित गरिन्छ । हाल विहानी सत्रमा सञ्चालित +२ का कक्षाहरु दिवा समयमा ११ः०० बजेदेखि सञ्चालन हुने भएकोले सोहि वमोजिम उपस्थित हुन समेत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।