Category Archives: Events

छात्रवृत्ति अन्तवार्ता सम्बन्धी सूचना ।

यस क्याम्पसमा स्नातक तह व्यवस्थापन, शिक्षा र मानविकी सङ्काय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०८०/०८१ मा प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि दरखास्त दिएका विद्यार्थीहरुको छनौट अन्तरवार्ता तपसिल अनुसार हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।  तपसिलः मितिः २०८१/०२/१७ गते विहिबार समयः विहान ठिक ०८ः३० बजे

हार्दिक धन्यवाद तथा आभार

आज मिति २०८१ जेठ ०६ गते आईतबारका दिन सिद्धार्थ बैंक कावासोती शाखाका शाखा प्रमुख श्री सुरज गिरीज्यू, बागमती प्रदेश प्रमुख श्री दुर्गाराज पाण्डेज्यूको उपस्थितिमा क्याम्पसमा १/१ थान सेनेटरी प्याड भेण्डिङ्ग मेसिन र डिस्पोजल मेशिल उपलब्ध गराउँनुभएकोमा सिद्धार्थ बैंक लिमिटेड परिवारलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।

IMG_8167
स्ववियु निर्वाचन २०७९ मा निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण कार्यक्रम ।।

स्ववियु निर्वाचन समिति, मध्यविन्दु बहुमुखी क्याम्पसद्वारा त्रि.वि. स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०७९ बमोजिम भएको स्ववियु निर्वाचन २०७९ मा निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न ।।

स्नातक तह तृतीय वर्षको कक्षा संचालन सम्वन्धी सूचना ।

यस मध्यविन्दु वहुमुखी क्याम्पसमा स्नातक तह अन्तरगत तृतीय वर्षको कक्षा संचालन २०७३ साल श्रावण १७ गते देखि हुने संचालन हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ ।

Pre-visit of UGC For QAA: Day-1

The Pre-visit team of University Grants Commission (UGC) on the process of Quality Assurance and Accreditation Orientation program has launched on the Schedule of 15th June to 17th June 2016. This program has facilitated by Quality Assurance Accreditation Director Dr. Shaym Prasad Lohani and Program officer Narayan Prasad Bhandari, Mr Bishnu Prasad Lamsal, the SSR […]

गृष्मकालिन विदा सम्वन्धि सूचना ।

यस क्याम्पसको शैक्षिक कार्यतालिकामा ब्यवस्था भए वमोजिम यस क्याम्पसमा संञ्चालित स्नातक तथा स्नातकोत्तर तहका लागि यहि जेष्ठ १६ गतेदेखि आषाढ १५ गते सम्म गृष्मकालिन विदा हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । पुनश्चः १.प्रशासनिक कार्यको लागि सार्वजनिक विदाको दिनवाहेक अन्य दिनमा विहानी समयमा क्याम्पस प्रशासन खुला रहनेछ ।

परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७३ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने स्नातक तह द्वितीय खण्डकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मितिः २०७३/०१/२५ गते सम्ममा आवश्यक प्रकृया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ ।