Category Archives: News

सूचना

उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्धारा उच्च माध्यमिक तह अन्तरगत कक्षा ११ तथा कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा तालिका २०७२/०१/२० देखि संचालन हुनेगरी सार्वजनिक गरेको छ । परीक्षा तालिकाको लागि यस मध्यविन्दु वहुमुखी क्याम्पसको फेसवुक पेज वाट डाउनलोड गरि हेर्न सकिनेछ ।

गृष्मकालिन विदा सम्वन्धि सूचना ।

यहि वैशाख १२ गतेको विनासकारी महाभुकम्प र त्यस पछिका लगातार पराकम्पनहरुका कारण राष्ट्रमा सृजित विषम परिस्थितिका कारणले क्याम्पसको शैक्षिक क्यालेण्डरमा जेठ १७ देखि उल्लेख गरिएको गृष्मकालिन विदालाई यहि वैशाख ३१ गतेदेखि जेठ २२ गतेसम्म अगाडी सारिएको ब्यहोरा सम्वन्धित सवैमा सूचित गरिन्छ । जेठ २४ गते आइतवारदेखि नियमित रुपमा कक्षा संचालन हुनेछ । पुनश्चः प्रशासनिक कार्यको […]

सूचना ।

२०७२ साल वैशाख १२ गते गते गएको विनाशकारी महाभुकम्पका कारणले नेपालको जनजजिवन अस्तब्यस्त भएको छ । विनासकारी भुकम्पको धक्का पछाडी पनि आउने क्रम जारी रहेकोले वैशाख १३ र १४ गते क्याम्पस विदा भनिएता पनि वैशाख १७ गते सम्म क्याम्पस विदा रहने ब्यहोरा जानकारी गराइन्छ । साथै वैशाख २० गतेदेखि नियमित रुपमा कक्षा संचालन हुने ब्यहोरा […]

सूचना ।

२०७२ साल बैशाख १२ गते नेपालको विभिन्न ठाउमा केन्द्रविन्दु बनाएर गएको   महाभुकम्पको प्राभव पर्न गई जनजिवन अस्तव्यस्त हुन पुगेको छ । विनाशकारी भुकम्पको धक्का पछाडी पनि आउने क्रम जारी रहेको कारणले यहि बैशाख १३ र १४ गते २ दिन क्याम्पस विदा रहेको  व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

हार्दिक निमन्त्रणा ।

यस क्याम्पसको विविध महत्वपूर्ण विषयहरूमा छलफल गर्नका लागि तपसिल बमोजिमको मिति, समय र स्थानमा क्याम्पस सभाको तेस्रो वैठकको आयोजना गरिएको हुनाले उक्त कार्यक्रममा सम्पूर्ण सदस्यज्यूहरुकोे गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछाँै । तपसिल मितिः २०७२ बैशाख १२ गते, शनिवार । समयः दिनको ठीक ११ः०० वजे । स्थानः क्याम्पस भवन

सूचना ।

क्याम्पसको शैक्षिक क्यालेण्डरमा ब्यवस्था भए वमोजिम मिति २०७२ वैशाख ११ गते लोकतन्त्र दिवसको दिन क्याम्पस विदा रहने ब्यहोरा सम्वन्धित सवैमा जानकारी गराइन्छ । 

हार्दिक शुभकामना ।

नव वर्ष २०७२ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । पुनश्चः यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा ब्यवस्था भए वमोजिम मिति २०७२ वैशाख १ गते मंगलवारको दिन नववर्षको उपलक्ष्यमा […]

छात्रवृत्तिको अन्तरवार्ता सम्वन्धि सूचना ।

यस क्याम्पसमा स्नातक तहतर्फ अध्यनरत विद्यार्थीहरु मध्ये यस शैक्षिक वर्षकोे लागि गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरुको अन्तरवार्ता मिति २०७२/०१/०६ गते आइतवार दिउसो १.०० वजे हुने ब्यहोरा सम्वन्धित सम्पूर्ण विद्यार्थीहरुलाइ सूचित गरिन्छ ।

हार्दिक शुभकामना ।

नव वर्ष २०७२ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । पुनश्चः यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा ब्यवस्था भए वमोजिम मिति २०७२ वैशाख १ गते मंगलवारको दिन नववर्षको उपलक्ष्यमा […]