Category Archives: News

हार्दिक शुभकामना ।

नव वर्ष २०७३ को पुनित अवसरमा सम्पूर्ण प्राध्यापक कर्मचारीहरु, अध्ययनरत विद्यार्थीहरु, क्यम्पससंग सम्वन्धित सम्पूर्ण महनुभावहरु एवं आम नेपाली दाजुभाई दिदि वहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । साथै नयाँ वर्षको पहिलो दिन वैशाख १ गते नया वर्ष विदा, २ गते स्थानिय विदा र ३ गते रामनवमी को […]

छात्रवृत्ति आवेदन फाराम सम्वन्धी सूचना ।

यस क्याम्पसमा स्नातकतह तर्फ वि.ए., वि.वि.यस. तथा वि.एड. तहमा अध्ययनरत विद्यार्थीहरुलाई यस वर्ष प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि आन्तरिक परीक्षा दिएका इच्छुक गरिव तथा जेहेन्दार विद्यार्थीहरुले मितिः २०७२/१२/१९ सम्ममा आवेदन फाराम भर्नका लागि सूचित गरिन्छ ।

विदा सम्वन्धी सूचना ।

यस मध्यविन्दु बहुमुखी क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार मिति २०७२/१२/०९ र १० गते होली पर्वकोे अवसरमा क्याम्पस विदा रहने ब्यहोरा जानकारी गराइन्छ ।

हार्दिक समवेदना

यस मध्यविन्दु बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्री सागर भुसाल मिति २०७२ मंसिर २५ गते शुक्रवारका दिन सवारी दुर्घटनामा परी २०७२।०९।११ गते शनिवारका दिन असामयिक निधन भएकाले हामी मर्माहत भएका छौं । यस दुःखद घडीमा दिवङ्गगत सागर भुसाल प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त भुसाल परिवारमा शोकलाई शक्तिमा परिणत गर्ने साहस मिलोस […]

सूचना ।

यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भएअनुसार मिति २०७२ मंसिर ६ गते आइतवार हरिवोधनी एकादशी को दिन स्थानिय विदा रहने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । पुनश्चः उच्च माध्यमिक तह अन्तरगत कक्षा ११ तथा १२ को २०७२/०८/०८ गतेवाट संचालन हुने प्रथम आन्तरिक परीक्षाका लागि २०७२/०८/०७ गते परीक्षा तयारी विदा रहने ब्यहोरा […]

हार्दिक शुभकामना ।

महान पर्व विजयादशमी शुभ दीपावली, छठ पर्व एवं यस अवसरमा मनाउने सम्पूर्ण पर्वहरुको पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, संचालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । लामो समयको प्रतिक्षा […]

कक्षा संचालन सम्वन्धी सूचना ।

यस मध्यविन्दु वहुमुखी क्याम्पसमा स्नातक तह अन्तरगत तृतीय वर्षको कक्षा संचालन २०७२ भाद्र १६ गतेवाट हुने भनितापनि विशेष कारण वस २०७२ भाद्र २१ गते देखि संचालन हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ ।

सूचना ।

यस मध्यविन्दु वहुमुखी क्याम्पसमा २०७२ श्रावण २६ गतेवाट संचालन भइरहेकोे स्नातक तह प्रथम वर्षकोे आन्तरिक परीक्षा विशेष कारणवस अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।

Notice of Pre-Board Examination

मिति २०७२ श्रावण २६ गतेवाट संचालन हुने स्नातक तह प्रथम वर्षकोे Pre- Board Examination मा सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य रुपमा सहभागी हुनका लागि सूचित गरिन्छ । Pre-Board Examination मा सहभागी नहुने विद्यार्थीहरुलाई क्याम्पसद्धारा प्रदान गर्ने सुविधाहरु उपलब्ध गराउन वाध्य हुनेछैन ।

विदा सम्वन्धी सूचना ।

मिति २०७२ साल श्रावण ३ गते आइतवारका दिन इद पर्व तथा श्रावण ४ र ५ गते संविधान मस्यौदा माथी सुझाव संकलनका लागि नेपाल सरकारद्धारा सार्वजनिक विदा घोषणा भएकोले उक्त दिनहरुमा क्याम्पस विदा रहने ब्यहोरा सम्वन्धित सवैमा जानकारी गराइन्छ ।