Category Archives: News

सूचना ।

क्याम्पसको शैक्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार भोली मिति २०७६ कार्तिक २२ गते शुक्रबार हरिबोधनी एकादशीको उपलक्ष्यमा स्थानीय विदा रहने र कार्तिक २४ गते आइतबार देखि नियमीत रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

हार्दिक शुभकामना ।

नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ लगायतका सम्पूर्ण पर्वहरुको पावन अवसरमा क्याम्पस सभाका सदस्यज्यूहरु, सञ्चालक समिति तथा विभिन्न उप–समितिका पदाधिकारी एवम् सदस्यज्यूहरु, क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवम् देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना […]

कक्षा ११ को ग्रेडवृद्वि परीक्षा फाराम भर्ने सम्बन्धी सूचना ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन भएको कक्षा ११ कोे वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई २०७६ असोज ७ गते प्रकाशित नतिजामा राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको मापदण्ड पुरा गरेका परीक्षार्थीहरु ग्रेडवृिद्व परीक्षामा सम्मिलित हुन चाहेमा आवश्यक प्रकृया पुरा गरि मिति २०७६ कार्तिक १५ गतेभित्र […]

कविता/गजल वाचनसहित शुभकामना आदानप्रदान कार्यक्रम ।

नेपालीहरुको महान् चाड विजयादशमी, शुभदीपावली तथा छठ पर्वको पावन अवसरमा कविता, गीत, गजल वाचनसहित शुभकामना आदानप्रदान कार्यक्रम तपसिल मिति, समय र स्थानमा सम्पन्न गर्ने कार्यक्रम रहेकाले आ–आप्mनो रचनासहित यस क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई उपस्थित भइदिनुहुन विशेष आग्रहसहित यो सूचना प्रकाशित गरिएको छ । तपसिलः मिति ः २०७६ आश्विन १० गते शुक्रबार समय […]

MBS र M.ED (बार्षिक प्रणाली) तर्फ परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७६ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो खण्ड MBS र M.ED तर्फकोे वार्षिक परीक्षाको लागि आंशिकका साथै ६ बर्ष नाघेर उत्तिर्ण हुन नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन चाहेमा मिति २०७६/०६/३० गते सम्ममा परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।पुनश्चः१. आंशिक परीक्षार्थीहरुले गतसाल […]

सूचना ।

यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार मिति २०७६ असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा क्याम्पस विदा तथा असोज ५ गते थारु समुदायको विशेष पर्व जितियाको अवसरमा स्थानीय विदा रहेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । असोज ६ गते सोमबार देखि नियमित रुपमा पठनपाठन हुनेछ ।

सूचना ।

उपर्युक्त सम्बन्धमा नेपाली नारीहरुको विशेष पर्व हरितालिका (तीज) को सुखद उपलक्ष्यमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवम् देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । पुनश्चः यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए वमोजिम मिति २०७६ […]

रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

शैक्षिक वर्ष २०७६/०७७ मा +२ तह अन्तरगत कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डमा नाम दर्ता (Registration) गर्नका लागि आवश्यक प्रक्रिया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुुनुपर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जिम्मेवार हने छैन । फाराम भर्ने […]