MBS र M.ED (बार्षिक प्रणाली) तर्फ परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।


त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७६ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो खण्ड MBS र M.ED तर्फकोे वार्षिक परीक्षाको लागि आंशिकका साथै ६ बर्ष नाघेर उत्तिर्ण हुन नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन चाहेमा मिति २०७६/०६/३० गते सम्ममा परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्चः
१. आंशिक परीक्षार्थीहरुले गतसाल सोही खण्डको परीक्षा दिएको सिम्बोल नम्बर र बर्ष परीक्षा फारामको शिरमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
२. २०७० सालमा भर्ना भई २०७१(२०१४) मा प्रथम बर्ष प्रथम पटक परीक्षा दिने विद्यार्थीहरुका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ । २०७०(२०१३) साल वा सो भन्दा अघि प्रथम बर्ष प्रथम पटक परीक्षा दिने विद्यार्थीहरु मौका परीक्षार्थीको रुपमा सहभागि हुन सक्नेछन ।
३. मौका परीक्षार्थीले नियमित परीक्षा दिएको पहिलो पटकको मार्कसिट (प्रथम खण्ड) को फोटोकपी परीक्षा आवेदन फारामका साथ पेश गर्नुपर्नेछ ।