हार्दिक शुभकामना ।

नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ लगायतका सम्पूर्ण पर्वहरुको पावन अवसरमा क्याम्पस सभाका सदस्यज्यूहरु, सञ्चालक समिति तथा विभिन्न उप–समितिका पदाधिकारी एवम् सदस्यज्यूहरु, क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवम् देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछांै । साथै क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए वमोजिम राष्ट्रिय परीक्षा बोर्ड तर्फ +२ तह र त्रि.वि. तर्फ स्नातक तथा स्नातकोत्तर तहका लागि मिति २०७६ असोज १२ गतेदेखि कार्तिक १३ गतेसम्म चाडपर्व विदा र कार्तिक १४ गते बिहिबार देखि नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

पुनश्चः

१.भर्ना, रजिष्ट्रेशन फाराम, परीक्षा आवेदन फाराम तथा अन्य प्रशासनिक कामका लागि मिति २०७६ असोज २७ गतेदेखि विहानि सत्रमा ०६ः३० बजेदेखि ११ः०० बजेसम्म क्याम्पस प्रशासन खुला रहनेछ ।

२.स्नातक तह द्वितिय बर्षको पठनपाठन समेत कार्तिक १४ गतेदेखि नियमित रुपमा सञ्चालन हुनेछ ।

३.स्नातक तह प्रथम बर्षका विद्यार्थीहरु अनिवार्य रुपमा भर्ना भई विदा पश्चात क्याम्पस पोशाकमा उपस्थित हुनु पर्नेछ ।