MBS र M.Ed. (बार्षिक प्रणाली तर्फ) प्रथम बर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७७ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातकोत्तर तह प्रथम खण्ड MBS र M.Ed. तर्फकोे वार्षिक परीक्षाको लागि आंशिक परीक्षार्थीको रुपमा सहभागी हुन चाहने विद्यार्थीहरुले मिति २०७८/११/२० गते सम्ममा परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयम् जिम्मेवार हुनु पर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।