Category Archives: News

रजिष्ट्रेशन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना ।

  उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा +२ तह अन्तर्गत कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्डमा नाम दर्ता (Registration) गर्नका लागि यस अघिनै सूचना प्रकाशन गरिएकोमा हाल राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीवाट रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थप गरेको हुदाँ तपसिलको समय भित्र आवेदन फाराम भर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । […]

सूचना ।

उपर्युक्त सम्बन्धमा नेपाली थारु दाजुभाई तथा दिदीबहिनिहरुको विशेष पर्व जितियाको सुखद उपलक्ष्यमा सम्पूर्ण देशवासी नेपाली थारु दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भोली मिति २०७४ भाद्र २८ गते बुधवार क्याम्पस विदा रहने र भाद्र २९ गते बिहिवार देखि नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ […]

BBS प्रथम वर्षका लागि Entrance Exam सम्बन्धी सूचना ।

 +२ उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक वधाई ज्ञापन गर्दै स्थापनाको छोटो समयमानै विश्वविद्यालय अनुदान आयोगवाट गुणस्तर प्रमाणीकरण QAA मान्यता प्राप्त यस मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, नवलपरासीमा स्नातक तह तर्फ BBS प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि QAA प्रप्त सबै क्याम्पसहरुमा एकै साथ Entrance Exam हुने व्यहोरा सहर्ष जानकारी गराउदछौ । फाराम वितरणः २०७४ भाद्र […]

कक्षा १२ को मौका परीक्षा फाराम भर्ने सूचना ।

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७४ सालमा सञ्चालन भएको कक्षा १२ कोे वार्षिक परीक्षामा एक विषय मात्र अनुत्तिर्ण भएका विद्यार्थीहरुको मौका परीक्षा फाराम मिति २०७४/०५/२५ गते आइतबार सम्म आवश्यक प्रकृया पुरा गरि भर्नुहुन सम्बन्धित सवैमा सूचित गरिन्छ । पुनश्चः तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट […]

सूचना ।

उपर्युक्त सम्बन्धमा मिति २०७४/०५/१८ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईद (इदुल जोहा) को उपलक्ष्यमा नेपाल सरकार गृह मन्त्रालय द्वारा सार्बजनिक विदा दिने निर्णय गरे अनुसार उक्त दिन क्याम्पस विदा रहने र १९ गते सोमबार बाट नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।

सूचना ।

उपर्युक्त सम्बन्धमा नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको सुखद उपलक्ष्यमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । पुनश्चः यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा व्यवस्था भए वमोजिम मिति २०७४ भाद्र ८ र […]

रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धि सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा +२ तह अन्तर्गत कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डमा नाम दर्ता(Registration)गर्नका लागि तपसिल बमोजिमको प्रकृया पुरा गरी रजिष्ट्रेशन आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकीएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ । पूनश्चः भर्ना हुन छुट भएका विद्यार्थीहरुले अनिवार्य रुपमा […]

तीजगीत तथा गजल प्रतियोगिता सम्बन्धी सूचना ।

उपर्युक्त सम्वन्धमा यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भएअनुसार मध्यबिन्दु साहित्यिक समाज, प्लस टु कल्याण मञ्च तथा अतिरिक्त क्रियाकलाप विभागको संयुक्त आयोजनामा नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको सुखद उपलक्ष्यमा तपसिल बमोजिमको मिति, समय र स्थानमा अन्तरकक्षात्मक खुला तीज गीत प्रतियोगिता र खुला गजल वाचन प्रतियोगिता आयोजना गरिएकाले यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको सहभागिताका लागि यो […]

परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना ।

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७३ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने स्नातकोत्तर तह दोस्रो खण्ड व्यावस्थापन र शिक्षा संकायमा अध्ययनरत नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मिति २०७४ साल भाद्र ०६ गते मंगलबार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समय भित्र फाराम नभरी परीक्षा […]