Category Archives: News

Notice for MBS 1st Semester:

It is stated to all the students of MBS first semester that tomorrow(8th Jestha, 2075) the class shall be closed due to Mid-term exam Preparation. The Exam shall be started from 9th Jestha, 2075 at 5:00 pm.

सूचना ।

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरद्धारा यस क्याम्पसमा कक्षा ११ को परीक्षा केन्द्र कायम भएकोहुँदा मिति २०७५/०१/३० गते आइतवार एक दिन विहानी सिफ्ट अन्तर्गत स्नातक तह प्रथम र द्धितिय बर्षका सम्पूर्ण सङ्कायहरुको पठनपाठन बन्द हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।

स्नातक तह प्रथम र द्धितिय वर्षको छात्रवृत्ति नतिजा सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह प्रथम र द्धितिय वर्षमा अध्ययनरत व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायका विद्यार्थीहरुलाई यस वर्ष प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि दरखास्त दिएका र अन्तरवार्तामा सामेल भएका विद्यार्थीहरु मध्य छात्रवृत्ति छनौट समितिले सिफारिस गरेका तपसिल बमोजिमका विद्यार्थीहरुलाई निम्नानुसारको रकम छात्रवृत्ति स्वरुप प्रदान गरिएको व्यहोरा सम्बन्धित विद्यार्थीहरुको जानकारीको […]

क्याम्पसको एप सम्बन्धी जानकारी।

उपर्युक्त सम्बन्धमा क्याम्पसको सम्पूर्ण सूचना, जानकारी तथा गतिविधिहरुलाई सम्बन्धित विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी लगाएत अन्य सम्पूर्ण सरोकारवालाहरुमा छिटो, छरितो र प्रभावकारी रुपमा प्रवाह गर्ने उदेश्यले विगतका दिनहरुमा Nbulletin Application सञ्चालन भइरहेकोमा हाल मध्यविन्दु बहुमुखी क्याम्पसकै नाममा छुट्टै एप निर्माण गरि सञ्चालनमा आएको व्यहोरा जानकारी गराइन्छ । पूनश्चः १. Play Store मा गई Madhyabindu Multiple Campus […]

विदा सम्बन्धी सूचना।

उपर्युक्त सम्बन्धमा मिति २०७५/०१/१७ गते सोमबार बुद्ध जयन्ती तथा मिति २०७५/०१/१८ गते मङ्गलबार अन्तर्राष्ट्रिय श्रमिक दिवसकोे अवसरमा क्याम्पस विदा र १९ गते बुधबारदेखि नियमित रुपमा पठनपाठन हुने व्यहोरा जानकारी गराइन्छ ।  

सूचना ।

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरद्धारा यस क्याम्पसमा कक्षा १२ को परीक्षा केन्द्र कायम भएकोहुँदा भोली मिति २०७५/०१/१४ गते शुक्रवार एक दिन मात्र स्नातक तह अन्तर्गत प्रथम र द्धितिय बर्षका सम्पूर्ण सङ्कायहरुको पठनपाठन बन्द हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ । पूनश्चः स्नातकोत्तर तह अन्तर्गत एम.बि.एस प्रथम सेमेष्टरका कक्षाहरु भने सन्ध्याकालिन सिफ्टमा नियमित रुपमा […]

नवबर्षको शुभकामना ।

उपर्युक्त सम्बन्धमा नवबर्ष २०७५ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

कक्षा ११ को पुरक परीक्षा फाराम भर्ने सूचना ।

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७४ सालमा सञ्चालन भएको कक्षा ११ कोे वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुममा सम्मिलित भई अन्य सबै विषयमा D+ भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित, D+ वा सो भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीहरुले उक्त विषयको ग्रेडवृद्वि परीक्षामा […]

हिउँदे विदा सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा यस मध्यविन्दु बहुमुखी क्याम्पसको शैक्षिक कार्यतालिकामा व्यवस्था भए वमोजिम त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चाालित स्नातक तथा स्नातकोत्तर तहका(बिहानी र सन्ध्याकालीन सिफ्ट) लागि पौष २३ गते आइतबार देखि माघ ७ गते आइतवार सम्म हिउँदे विदा हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै माघ ८ गते सोमवार श्रीपञ्चमी(सरस्वती) पूजाका दिन […]