Bachelor 1st Year का लागि रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातक तह प्रथम बर्षमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयमा नाम दर्ता (Registration) गर्नका लागि तपसिल बमोजिमको प्रक्रिया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुुनुपर्नेछ ।यस सम्बन्धमा क्याम्पस प्रशासन जिम्मेवार हुने छैन ।

तपसिल :
१. फाराम भर्ने अन्तिम मितिः २०७४/१०/१५ गते सोमबार सम्म 
२. पासपोर्ट साइजको फोटोः १ प्रति
३. एस.एल.सी. को लब्धाङ्कपत्र तथा चारित्रिक प्रमाणपत्रहरुको प्रतिलिपी २/२ प्रति 
४. राष्ट्रिय परीक्षा बोर्डेबाट प्राप्त ट्रान्सक्रिप्ट, प्रोभिजनल र चारित्रिक प्रमाणपत्रहरुको प्रतिलिपी २/२ प्रति
५. राष्ट्रिय परीक्षा बोर्डवाट प्राप्त हुने माईग्रेशनको सक्कल प्रति १

पुनश्चः 
१.रजिष्ट्रेशन फाराम भर्नका लागि क्याम्पसमा भर्ना भई उल्लेखित कागजातहरु तोकिएको समयमा पेश गर्नुपर्नेछ ।
२.राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्तहुने ट्रान्सक्रिप्ट लगाएत अन्य प्रमाणपत्रहरु क्याम्पसबाट ल्याईने व्यवस्था समेत गरिएको छ । सोका लागि क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्नुहोला ।