मध्यबिन्दु बहुमुखी क्याम्पसमा दुईदिने (२०८१ चैत्र १४ र १५) गते ऐतिहासिक National Conference सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रममा ३५ वटा अनुसन्धान पत्रहरुको प्रस्तुतीकरण (Paper Presentation) भएको थियो भने कार्यक्रममा देशका २६ वटा क्याम्पसहरुका १७५ प्राध्यापकहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि संविधानसभा सदस्य एवम् क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष जीवन श्रेष्ठज्यू, प्रमुख वक्ताहरु (Key Speakers) को रूपमा आफ्नो प्रस्तुति दिनुहुने व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसेज्यू, काठमाडौं विश्वविद्यालय School of Education का डीन प्रा. डा. बालचन्द्र लुइँटेलज्यू, व्यवस्थापन सङ्कायका निवर्तमान डीन प्रा.डा. डिल्लीराज शर्माज्यू, Central Department of Curriculum का प्रमुख प्रा. डा. पेशल खनालज्यू, प्रा. डा. प्रदीपचन्द्र गौतमज्यू, Central Department of IT का प्रमुख रोमकान्त पाण्डेज्यू, प्रेम प्रसाद पौडेलज्यू, UGC का सहायक निर्देशक श्री नारायण भण्डारीज्यूप्रति विशेष आभार व्यक्त गर्दछांै । साथै कार्यक्रममा सहयोग गर्नुहुने जि.स.स. प्रमुख बाबुराम विश्वकर्माज्यू, जिल्लाका आठवटै पालिकाका प्रमुखज्यूहरु, विभिन्न क्याम्पसका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, क्याम्पस सञ्चालक समितिका सबै सदस्यहरु र उप–समितिका संयोजकज्यूहरु, पत्रकारज्यूहरु, सहभागी सबै अनुसन्धानकर्ताहरु, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय, क्याम्पसमा कार्यरत प्राध्यापक एवम् कर्मचारीहरु समस्त अभिभावकज्यूहरु र सम्पूर्ण विद्यार्थीहरुप्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछौं ।
