परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

उच्च माध्यमिक शिक्षा परिषद्को सूचना अनुसार २०७१ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने उच्च माध्यमिक तह अन्तरगत कक्षा ११ तथा कक्षा १२ को वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक विद्यार्थीहरुले तपसिल वमोजिमको प्रकृया पुरा गरी परीक्षा आवेदन फाराम मितिः २०७१÷१०÷२७ गते सम्म भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा फाराम भर्दा यस वर्ष क्याम्पसमा भुक्तानी गर्नुपर्ने सम्पुर्ण शुल्क भुक्तानी गरिसकेको हुनुपर्नेछ ।
तोकिएको समय भित्र परीक्षा आवेदन फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनु पर्नेछ । यस सम्वन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।