हार्दिक शुभकामना ।

  • उपर्युक्त सम्बन्धमा नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ लगायतका सम्पूर्ण पर्वहरुको पुनीत अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, संचालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । 
    साथै क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए वमोजिम  दशै तिहार विदा तपसिल वमोजिम हुने व्यहोरा समेत सम्बन्धित सवैमा जानकारी गराइन्छ ।
    तपसिल
    +२ तर्फ मिति २०७४/०६/०५ गते देखि २०७४/०६/२० गते सम्म ( दशै विदा ) र असोज २२ गते आइतबार देखि नियमित रुपमा पठनपाठन हुने । 
    त्रि.वि.वि. तर्फ मिति २०७४/०६/०५ गते देखि २०७४/०७/०५ गते सम्म ( दशै–तिहार विदा) र कार्तिक ६ गते सोमबार देखि नियमित रुपमा पठनपाठन हुने ।