स्नातक तह प्रथम बर्ष (नियमित तर्फ) को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्वारा २०७८ सालको वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने स्नातक तह प्रथम बर्ष मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायतर्फकोे वार्षिक परीक्षाको लागि नियमित परीक्षा दिने विद्यार्थीहरुले तपसिलको समयसिमा भित्र आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयम् जिम्मेवार हुनु पर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७८ पुस २३ गते ।