स्नातक तह प्रथम बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्वारा २०७५ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने ३ बर्षे र ४ बर्षे स्नातक तह प्रथम खण्ड मानविकी, शिक्षा र व्यवस्थापन संकायका नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले २०७५/०३/०१ गते शुक्रबार सम्म आवश्यक प्रक्रिया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनु पर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
पुनश्चः 
१. परीक्षा आवेदन फाराम भर्दा क्याम्पसमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण शुल्क भुक्तानी गरिसकेको हुनुपर्नेछ ।
२.२०६७ सालमा प्रथम बर्षमा क्याम्पस भर्ना भई २०६८(रजिष्ट्रेशन बर्ष २०१०) सालमा प्रथम बर्ष प्रथम पटक परीक्षा दिनेहरुका लागि यो अन्तिम पटकको परीक्षा हुने व्यहोरा समेत सम्बन्धित विद्यार्थीहरुलाई सूचित गरिन्छ ।