स्नातक तह दोस्रो बर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्वारा प्रकाशित सूचना अनुसार २०७७ सालको वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने स्नातक तह दोस्रो बर्ष मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायतर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक र ३ बर्षे स्नातक तहको समयसिमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरुका लागि समेत परीक्षा आवेदन फाराम खुला गरेकोले फाराम भर्न छुट भएका विद्यार्थीहरुले तपसिलको समयसिमा भित्र आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयम् जिम्मेवार हुनु पर्नेछ । यस सम्वन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७७ माघ ४ गतेसम्म ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।
क्याम्पस प्रमुख