स्नातक तह तेस्रो बर्ष (मौका समेत)को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७७ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह तेस्रो बर्ष मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायतर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुका साथै तीन बर्षे स्नातक तहमा समयसिमा नाघी उत्तिर्ण हुन नसकेका विद्यार्थीहरुले समेत मौका परीक्षा दिन चाहेमा आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७६ फाल्गुन १५ गते विहीबार सम्म ।