सूचना ।

उपर्युक्त सम्बन्धमा नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको सुखद उपलक्ष्यमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
पुनश्चः यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा व्यवस्था भए वमोजिम मिति २०७४ भाद्र ८ र ९ गते हरितालिका पर्वको उपलक्ष्यमा क्याम्पस विदा रहने र भाद्र ११ गते आइतबार देखि नियमित रुपमा पठनपाठन हुने ब्यहोरा समेत सम्बन्धित सवैमा सूचित गरिन्छ ।