शुभकामना आदान प्रदान ।

उपर्युक्त सम्बन्धमा नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ लगायतका सम्पूर्ण पर्वहरुको पुनीत अवसरमा तपसिल मिति, समय र स्थानमा गजल, मुक्तक वाचन सहित शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएकाले सो कार्यक्रममा उपस्थित हुनका निम्ति सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुमा सूचित गरिन्छ ।
पुनश्चः दिवाकालीन समयका सम्पूर्ण कक्षाहरु नियमित रुपमा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
तपसिल
मितिः २०७४ असोज ०४ गते बुधवार ।
स्थानः क्याम्पस प्राङ्गण
समयः विहान ८ः३० बजे ।