विषयः हिउँदे विदा सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा २०७६ पौष २५ गते शुक्रवारका दिन कक्षा १२ मा अध्ययनरत व्यवस्थापन तर्फ बजारशास्त्र विषय अध्ययनरत विद्याथीहरुको औधोगिक भ्रमण तथा कक्षा ११ का Traveling & Tourism तर्फका विद्यार्थीहरुको Trekking रहेको हुँदा कक्षा ११ र १२ मा पठन–पाठन नहुने र +2 तर्फ तथा TU सेमेष्टर कार्यक्रम तर्फ २०७६ पौष २७ गते देखी माघ ३ गते शुक्रबार सम्म हिउँदे विदा हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । २०७६ माघ ५ गते आइतबारदेखि नियमित रुपमा कक्षा सञ्चालन हुनेछ ।
पुनश्चः
१. विद्यार्थी भर्ना, रजिष्ट्रेशन फाराम, परीक्षा आवेदन फाराम तथा अन्य प्रशासनिक कार्यको लागि सार्वजनिक विदाको दिनवाहेक अन्य दिनमा विहानी समयमा क्याम्पस प्रशासन खुला रहनेछ ।
२. सेमेष्टर प्रणालीमा सञ्चालित स्नातक तहमा BBA र स्नातकोत्तर तह MBS कार्यक्रम तर्फ २०७६ पौष २५ गते शुक्रवार कक्षा सञ्चालन हुनेछ ।
३. विज्ञान समुह तर्फका विद्यार्थीहरुका लागि मासिक परिक्षा समाप्त भएपछि मात्र हिउँदे विदा रहने छ ।