विषयः भाषा शिक्षण सम्वन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा यस मध्यविन्दु वहुमुखी क्याम्पस र जापान स्थित NPO International Education Cooperate promote organization ( IEO) दुवै संस्थाहरुको विचमा शैक्षिक परामर्श एवं सहयोगको आदान–प्रदान गर्ने र जापानिज Volunteer द्धारा यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु मध्ये जापानिज भाषा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई भाषा अध्यापन गराउने सहमति भए अनुसार भाषा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले तपसिल वमोजिमको प्रक्रिया पुरा गरि नाम दर्ता गराउनको लागि सूचित गरिन्छ ।
तपसिल
१. भाषा शिक्षण ६÷६ महिनाको प्याकेजमा हुनेछ । आवश्यक्ता अनुसार समय वढाउन सकिनेछ ।
२. स्नातकोत्तर तह ( MBS र M.Ed.) र स्नातक तह ( B.A., B.B.S. र B.Ed.) मा अध्यनरत विद्यार्थीहरुले नाम दर्ता गर्न सक्नेछन् ।
३. कक्षा १२ तथा स्नातक तह तृतीय वर्षको वार्षिक परीक्षा दिएर वसेका विद्यार्थीहरु समेत यसमा सहभागी हुन सक्नेछन् ।
४. शिक्षण शुल्क मासिक रु ३००।– हुनेछ । नाम दर्ता गर्नको लागि १ महिनाको शुल्क भुक्तानी गरि क्याम्पसको प्रशासन शाखामा तोकिएको फाराम भर्नुपर्नेछ ।
५. नाम दर्ता गर्ने अन्तिम मितिः २०७० भाद्र ७ गते सम्म ।

……………
(मुक्तिराम पाण्डे)
क्याम्पस प्रमुख

phone case kmartcell phone caseself bar 600elf bar cenapersonalised phone case