विषयः– परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७० सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने तिनवर्षे स्नातक तह तृतीय खण्डकोे वार्षिक परीक्षाको लागि नियमित तर्फका विद्यार्थीहरुले तपसिल वमोजिमको प्रकृया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनु पर्नेछ । यस सम्वन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
तपसिल
हालसालै खिचेको फोटो २ प्रति
त्रि.वि. सेवा शुल्क ५००।–
परीक्षा आवेदन फाराम शुल्क ७००।–
प्रयोगात्मक परीक्षा शुल्क ५००।– प्रति विषय÷प्रति पत्र
फिल्डवर्क÷प्रोजेक्टवर्क शुल्क ७००।– प्रति विषय÷प्रति पत्र
शिक्षण अभ्यास शुल्क १७००।–
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७०÷११÷२८ गते सम्म
पुनश्चः परीक्षा आवेदन फाराम भर्दा क्याम्पसमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण शुल्क भुक्तानी गरिसकेको हुनुपर्नेछ ।