वक्तृत्वकला तथा कविता/गजल वाचन प्रतियोगिता सम्बन्धी सूचना ।

क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भएअनुसार तपसिल मिति तथा समयमा वक्तृत्वकला तथा कविता/गजल वाचन प्रतियोगिताको आयोजना गरिएकाले सो प्रतियोगितामा भाग लिन इच्छुक यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै सो कार्यक्रममा अतिथि/श्रोताका रुपमा उपस्थित भइदिनुहुन सबै प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुमा हार्दिक अनुरोध छ ।
तपसिलः
मिति ः २०७६ मङ्सिर २७ गते, शुक्रवार
समय ः प्रातः ८ ः ३० वजे
स्थान ः क्याम्पस सभाहल
पुनश्चः
१. वक्तृत्वकलाको शीर्षकः ‘हामीले चाहेको नेपाल’
२. वक्तृत्वकलाको समय ः ५ मिनेट
३. कविता/गजल जुनसुकै शीर्षकमा लेख्न सकिनेछ ।
४. इच्छुक विद्यार्थीहरुले मिति २०७६/०८/२७ गते शुक्रबार विहान ०७ः०० बजेसम्म प्रशासन शाखामा नाम टिपाउन सूचित गरिन्छ ।