ल्होसार तथा हिउँदे विदा सम्बन्धी सूचना ।

२०७५ पौष १५ गते आइतबार गुरुङ्ग समुदायको विशेष पर्व तमु ल्होसारको उपलक्ष्यमा गण्डकी प्रदेश सरकारद्धारा सार्बजनिक विदा दिने निर्णय गरे अनुसार उक्त दिन क्याम्पस विदा रहने र यस क्याम्पसको शैक्षिक कार्यतालिकामा व्यवस्था भए वमोजिम त्रिभुवन विश्वविद्यालय अन्र्तगत बार्षिक प्रणालीमा सञ्चाालित स्नातक तह (BBS, B.Ed and BA) का लागि पौष १६ गते सोमबार देखि माघ ४ गते शुक्रबार सम्म हिउँदे विदा हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । २०७५ माघ ६ गते आइतबारदेखि नियमित रुपमा कक्षा सञ्चालन हुनेछ । 
पुनश्चः 
१. विद्यार्थी भर्ना, रजिष्ट्रेशन आवेदन फाराम, परीक्षा आवेदन फाराम तथा अन्य प्रशासनिक कार्यको लागि सार्वजनिक विदाको दिनवाहेक अन्य दिनमा विहान १०ः०० बजेदेखि बेलुका ०४ः०० बजेसम्म क्याम्पस प्रशासन खुला रहनेछ ।
२.सेमेष्टर प्रणालीमा सञ्चालित स्नातक तहमा BBA र स्नातकोत्तर तहमा MBS कार्यक्रमतर्फ विदा तथा अन्य कार्यक्रमहरु क्रमशः BBA Academic Calender र MBS Academic Calender अनुसारनै हुनेछ ।
३.स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु सहित सवै विद्यार्थीहरु विदा पछि अनिवार्य रुपमा क्याम्पसको परिचयपत्र र पोशाकमा उपस्थित हुनुपर्नेछ ।