लाईब्रेरी तथा प्रशासनिक सेवा सम्बन्धी सूचना !

कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपालमा समेत यसको प्रभाव क्रमिक रुपमा बढ्दै गैरहेकोले उक्त कोरोना भाइरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लकडाउन गरे सँगै विद्यार्थी तथा आम अभिभावकहरुमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दछौं। तथापी केही विद्यार्थीहरुबाट आफ्नो अध्ययनलाई निरन्तरता दिनको लागि आफ्नो विषयवस्तुसँग सम्बन्धित पुस्तकको आवश्यकता परेको जानकारी प्राप्त भएको हुँदा उक्त विद्यार्थीहरुलाई मध्यनजर गर्दै यस लकडाउनमा सामाजिक दुरी कायम राख्दै तपसिलको समयमा लाइब्रेरी तथा प्रशासन खुल्ला रहने व्यहोरा जानकारी गराउँदौं।
तपसिलः
मितिः २०७७।०२।२० र २०७७।०२।२२ (मंगलबार र बिहीवार)
समयः विहान ०७ः०० बजे देखि ०९ः०० बजे सम्म।

पुनश्चः सेमेष्टर तर्फ अध्ययनरत विद्यार्थीहरुको लागि अनलाईन क्लासको व्यवस्था भएको हुँदा सम्बन्धित विद्यार्थीहरुले आफ्नो विषय शिक्षकसँग सम्पर्क राखी आफ्नो अध्यापनलाई निरन्तरता गर्नुहुन अनुरोध गर्दछौ।