रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धि सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा +२ तह अन्तर्गत कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डमा नाम दर्ता(Registration)गर्नका लागि तपसिल बमोजिमको प्रकृया पुरा गरी रजिष्ट्रेशन आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकीएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ ।
पूनश्चः भर्ना हुन छुट भएका विद्यार्थीहरुले अनिवार्य रुपमा भर्ना गरि फाराम भर्नुपर्नेछ। साथै फाराम भर्ने व्यवस्था कक्षा कोठामा नै एकमुष्ठ रुपमा मिलाईनेछ ।
तपसिलः
फाराम भर्ने अन्तिम मितिः २०७४ भाद्र २९ गते विहिबार ।
पासपोर्ट साईजको फोटोः २ प्रति ।
एस.ई.इ. को Grade sheet र Character Certificate को प्रतिलिपी २/२ प्रति ।
विदेशी बोर्डको हकमा माइग्रेशन प्रमाणपत्रको सक्कल प्रति ।