रजिष्ट्रेशन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना ।

 
उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा +२ तह अन्तर्गत कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्डमा नाम दर्ता (Registration) गर्नका लागि यस अघिनै सूचना प्रकाशन गरिएकोमा हाल राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीवाट रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थप गरेको हुदाँ तपसिलको समय भित्र आवेदन फाराम भर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकीएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ ।
 
पूनश्चः भर्ना हुन छुट भएका विद्यार्थीहरुले अनिवार्य रुपमा भर्ना गरि फाराम भर्नुपर्नेछ। साथै कक्षा कोठामा फाराम भर्न छुट भएकाले यथासिघ्र परीक्षा शाखामा सम्पर्क गरि फाराम भर्नुहुन समेत जानकारी गराईन्छ ।
 
तपसिलः
 
फाराम भर्ने अन्तिम मितिः २०७४ असोज २५ गते बुधबार ।
 
पासपोर्ट साईजको फोटोः २ प्रति ।
 
एस.ई.इ. को grade Sheet र Character Certificate को प्रतिलिपी २/२ प्रति ।
 
विदेशी बोर्डको हकमा माइग्रेशन प्रमाणपत्रको सक्कल प्रति ।