परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७५ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने चार बर्षे स्नातक तह चौथो बर्ष व्यावस्थापन संकाय तर्फको वार्षिक परीक्षाका लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले २०७४/०८/२५ गते सोमबार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ  ।

तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनु पर्नेछ । यस सम्वन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।

पुनश्चः परीक्षा आवेदन फाराम भर्दा क्याम्पसमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण शुल्क भुक्तानी गरिसकेको हुनुपर्नेछ ।