परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा राष्ट्रिय परीक्षा बोर्डको सूचना अनुसार २०७४ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने उच्च माध्यमिक तह अन्तरगत कक्षा ११ तथा कक्षा १२ को वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक विद्यार्थीहरुले परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा फाराम भर्दा यस वर्ष क्याम्पसमा भुक्तानी गर्नुपर्ने सम्पुर्ण शुल्क भुक्तानी गरिसकेको हुनुपर्नेछ ।
तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनु पर्नेछ । यस सम्वन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
परीक्षा फाराम भर्ने अन्तिम मितिः
१. कक्षा ११ को लागि २०७३/१०/२३ गते सम्म ।
२. कक्षा १२ को लागि २०७३/१०/२५ गते सम्म ।