परीक्षा आवेदन फराम भर्ने सम्वन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुको सूचना अनुसार २०७४ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने तिन वर्षे तथा चार वर्षे स्नातक तह प्रथम वर्ष शिक्षा,मानविकी र व्यावस्थापन संकाय तर्फको वार्षिक परीक्षाका लागि नियमित तथा आशिंक तर्फका विद्यार्थीहरुले तपसिल वमोजिमको प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तोकिएको समयमा फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ । यस सम्वन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
पुनश्चः
१. ७ बर्षे अवधि नाघेर उत्तिर्ण हुन नसकेका रजिष्ट्रेशन वर्ष २००१ देखि २००९ सम्मका विद्यार्थीहरुका लागि यस पटक अन्तिम मौका परीक्षा फाराम खुलेको व्यहोरा समेत सूचित गरिन्छ ।
२. रजिष्ट्रेशन फाराम नभरेका विद्यार्थीहरुले परीक्षा फाराम भर्न पाउने छैनन् । त्यस्ता विद्यार्थीहरुले तुरुन्त क्याम्पस प्रशासनमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।
परीक्षा फाराम भर्ने अन्तिम मिति ः २०७४ जेठ ३१ गते बुधबार ।