निवन्ध लेखन प्रतियोगिता सम्बन्धी सूचना ।

संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (UNDP) र मध्यविन्दु बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा हुन गइरहेको जलबायु परिवर्तन सम्बन्धी एक दिने अन्तरक्रियात्मक कार्यक्रमको अवसरमा माध्यमिक विद्यालय स्तरिय निवन्ध लेखन प्रतियोगिताको आयोजना गरिएकोले तपसिल अनुसारको प्रक्रिया पुरा गरि सहभागि हुन इच्छुक विद्यार्थीहरुलाई उक्त प्रतियोगितामा भाग लिनका लागि यो सूचना प्रकाशित गरिएको छ । 
तपसिलः
१. निवन्धको शिर्षकः “वातावरण संरक्षणमा विद्यार्थीको भुमिका”
२. निवन्ध ४०० देखि ५०० शब्दसम्मको हुनुपर्नेछ ।
३. निवन्ध आईपुग्नुपर्ने अन्तिम मितिः २०७६/०४/०३ गते शुक्रबार दिनको ०४ः०० बजे सम्म
४. अन्तरक्रिया कार्यक्रम हुने मिति र पुरस्कार वितरणः २०७६/०४/०७ गते मङ्गलबार विहान ११ः०० बजे
पुनश्चः निवन्ध नेपाली र अंग्रेजी दुवै माध्याममा लेख्न सकिनेछ ।