तीजगीत तथा गजल प्रतियोगिता सम्बन्धी सूचना ।

उपर्युक्त सम्वन्धमा यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भएअनुसार मध्यबिन्दु साहित्यिक समाज, प्लस टु कल्याण मञ्च तथा अतिरिक्त क्रियाकलाप विभागको संयुक्त आयोजनामा नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको सुखद उपलक्ष्यमा तपसिल बमोजिमको मिति, समय र स्थानमा अन्तरकक्षात्मक खुला तीज गीत प्रतियोगिता र खुला गजल वाचन प्रतियोगिता आयोजना गरिएकाले यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिलः
मितिः २०७४ भाद्र ७ गते बुधबार ।
समयः दिउँसो १ः०० वजे
स्थानः क्याम्पस प्राङ्गण

तीज गीतका लागिः
१. नृत्य कलाकार सहित ५ देखि ७ जनाको समूह हुनुपर्ने छ ।
२. गीतको विषय जागरण तथा चेतनामूलक हुनुपर्ने छ ।
३. समूह दर्ता २०७४ भाद्र ७ गते दिउँसो १२ः०० बजेभित्र गरिसक्नुपर्ने छ ।
४. प्रतियोगितामा सफल हुने समूहलाई उचित नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।
५. सफल समूहलाई आपसमा सम्मिश्रण गरी अन्य वाह्य प्रतियोगितामा पनि प्रतिस्पर्धाका लागि अवसर प्रदान गरिने छ ।
६. प्रत्येक कक्षाबाट एकभन्दा वढी समूह पनि दर्ता गर्न सकिने छ ।
७.प्रतियोगीहरुले राष्ट्रिय पोशाक वा क्याम्पस पोशाक लगाएको हुनुपर्ने छ ।

गजलका लागिः
१.समसामयिक परिवेशलाई सम्बोधन गर्ने किसिमको हुनुपर्ने छ ।
२.शिष्ट शृङ्गारिक रचनालाई पनि प्राथमिकता दिइने छ ।