तिन बर्षे स्नातक तह तेस्रो बर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७८ सालमा सञ्चालन हुने तिन बर्षे स्नातक तह तेस्रो बर्षको परीक्षा दिने मानविकी सङ्कायका नियमित तथा आंशिकतर्फका विद्यार्थीहरुले र शिक्षाशास्त्र सङ्कायका आंशिकतर्फका विद्यार्थीहरुले आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयम् जिम्मेवार हुनु पर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७८ कार्तिक १५ गते सोमबार ।
पुनश्चः
१.नियमित परीक्षा दिनेले पहिलो पटक प्रथम खण्डको नियमित परीक्षा दिएको सिम्बोल नं. तथा आंशिक परीक्षा दिनेले गतसाल सोही खण्डको परीक्षा दिएको सिम्बोल नं. परीक्षा फाराममा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
२. २०७१ सालमा भर्ना भई २०७२(२०१५) मा प्रथम बर्ष प्रथम पटक परीक्षा दिने विद्यार्थीहरुका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।