कावासोती नगरपालिकाको विपत व्यवस्थापन राहत कोषमा सहयोग

विश्वव्यापी शन्त्रासको रुपमा फैलिएको कोरोना भाइरस(COVID-19)को महामारीका कारण लक डाउनको समयमा ज्याला मजदुरी गरी खाने विपन्न वर्गलाई सहयोग स्वरुप कावासोती नगरपालिकाको विपत व्यवस्थापन राहत कोषमा यस संस्थाबाट सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थागत रुपमा रु.१००,००० र क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुको तर्फबाट रु.७५,००० गरी कुल रकम रु.१७५,००० (अक्षरुपीः एक लाख पचहत्तर हजार रुपैंया मात्र) सहयोग स्वरुप प्रदान गरिएको छ ।