कक्षा १२ मा भर्ना सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा +२ तह अन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले तपसिल बमोजिमको अवधि भित्र अनिवार्य भर्नाभई क्याम्पस पोशाक र परिचय पत्र सहित प्रवेश गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सूचित गरिन्छ। क्याम्पस पोशाक र परिचय पत्र विना क्याम्पस प्रवेशमा अनुमति नपाइने व्यहोरा समेत जानकारी गराइन्छ ।
तपसिल
१. भर्ना हुने अन्तिम मितिः२०७५ असार २० गते बुधबार ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क राख्नुहुन समेत सूचित गरिन्छ ।