कक्षा ११ र १२ मा परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको सूचना अनुसार २०७५ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने +२ तह अन्तर्गत कक्षा ११ र १२ को वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक विद्यार्थीहरुले आवश्यक प्रक्रिया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । 
तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनु पर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
परीक्षा फाराम भर्ने अन्तिम मितिः
१. कक्षा ११ का लागि २०७४ माघ २३ गते सम्म ।
२. कक्षा १२ का लागि २०७४ माघ २५ गते सम्म ।
पुनश्चः परीक्षा आवेदन फाराम भर्दा क्याम्पसमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण शुल्क भुक्तानी गरिसकेको हुनुपर्नेछ ।