कक्षा ११ र १२ मा परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

२०७६ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने +२ तह अन्तर्गत कक्षा ११ र १२ को वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक विद्यार्थीहरुले आवश्यक प्रक्रिया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनु पर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः
१. कक्षा ११ का लागि २०७५ माघ ८ गते मङ्गलबार सम्म ।
२. कक्षा १२ का लागि २०७५ माघ ११ गते शुक्रबार सम्म ।
पुनश्चः परीक्षा आवेदन फाराम भर्दा क्याम्पसमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण शुल्क भुक्तानी गरिसकेको हुनुपर्नेछ ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।