कक्षा ११ को पुरक परीक्षा फाराम भर्ने सूचना ।

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७४ सालमा सञ्चालन भएको कक्षा ११ कोे वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुममा सम्मिलित भई अन्य सबै विषयमा D+ भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित, D+ वा सो भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीहरुले उक्त विषयको ग्रेडवृद्वि परीक्षामा सम्मिलित हुन चाहेमा आवश्यक प्रकृया पुरा गरि मिति २०७४/१०/०९ गते मंगलबार सम्म पुरक परीक्षा फाराम भर्नुहुन सम्बन्धित सवैमा सूचित गरिन्छ । 
पुनश्चः 
१. तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
२.पुरक परीक्षा मिति २०७४ साल माघ २७ गते शनिवार विहान ११ः०० बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुनेछ ।
३. परीक्षा फारामका साथ Internet वाट Download गरेको कक्षा ११ को ग्रेड सिट संलग्न गर्नपर्नेछ ।