हिउँदे विदा सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा यस मध्यविन्दु बहुमुखी क्याम्पसको शैक्षिक कार्यतालिकामा व्यवस्था भए वमोजिम त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चाालित स्नातक तथा स्नातकोत्तर तहका(बिहानी र सन्ध्याकालीन सिफ्ट) लागि पौष २३ गते आइतबार देखि माघ ७ गते आइतवार सम्म हिउँदे विदा हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै माघ ८ गते सोमवार श्रीपञ्चमी(सरस्वती) पूजाका दिन पठनपाठन नहुने र उक्त दिन विहान ०८ः०० बजे सरस्वती पूजामा सहभागी हुनका लागि सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुलाई सूचित गरीन्छ । २०७४ माघ ९ गते मंगलवारदेखि नियमित रुपमा कक्षा सञ्चालन हुनेछ । 
पुनश्चः
 १.विद्यार्थी भर्ना, रजिष्ट्रेशन फाराम, परीक्षा फाराम तथा अन्य   प्रशासनिक कार्यको लागि शनिबार र सार्वजनिक विदाको दिनवाहेक   अन्य दिनमा क्याम्पस प्रशासन खुला रहनेछ ।
२.स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु सहित सवै   विद्यार्थीहरु विदा पछि अनिवार्य रुपमा क्याम्पसको परिचयपत्र र   पोशाकमा उपस्थित हुनुपर्नेछ ।