हार्दिक शुभकामना ।

महान पर्व विजयादशमी शुभ दीपावली, छठ पर्व एवं यस अवसरमा मनाउने सम्पूर्ण पर्वहरुको पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, संचालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
लामो समयको प्रतिक्षा पछि राष्ट्रले जनताका प्रतिनिधिहरु मार्फत संविधान निर्माण गर्ने चाहना अनुरुपको नयाँ संविधान प्राप्त गरेको छ । यसको कार्यान्वयन गर्दै अझ यसलाई प्रभावकारी वनाउदै देशलाई आर्थिक समृद्धिको वाटोमा अगाडी वढाउने सम्वन्धमा नयाँ मन्त्रिपरिषद्, सम्पूर्ण राजनैतिक दलहरु एवं समस्त नेपालीहरुमा यी चाडपर्वहरुले प्रेरणा प्रदान गरुन भन्ने समेत शुभकामना ब्यक्त गर्दछौ ।
साथै क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए वमोजिम दशै तिहार विदा तपशिल वमोजिम हुने ब्यहोरा समेत सम्वन्धित सवैमा जानकारी गराइन्छ ।
तपसिल
+2 तर्फ मिति २०७२/०६/२६ गते देखि २०७२/०७/०९ गते सम्म ( दशै विदा )
त्रि.वि.वि. तर्फ मिति २०७२/०६/२६ गते देखि २०७२/०७/२८ गते सम्म ( दशै–तिहार विदा )
पुनश्चः +2 विज्ञान समुहतर्फ हाल सञ्चालित Monthly Test पछि मात्र दशैं विदा रहनेछ ।