स्नातक तह तेस्रो बर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७८ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने ४ बर्षे स्नातक तह तेस्रो बर्ष व्यवस्थापन र शिक्षा सङ्कायतर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयम् जिम्मेवार हुनु पर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७८ फागुन २० गते शुक्रबार ।