स्नातक तह चौथो बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुको सूचनाअनुसार २०७८ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह चौथो बर्ष व्यवस्थापन र शिक्षा सङकायतर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले आवश्यक प्रकृया पुरा गरी परीक्षा आवेदन फाराम भर्नुहुन सूचित गरिन्छ ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७८ असोज १९ गते ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।
क्याम्पस प्रमुख