शोक विदा सम्बन्धी सूचना ।

यस मध्यबिन्दु बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी जित बहादुर थापाको मृगौला सम्बन्धी रोगको उपचारका क्रममा  मिति २०७४ श्रावण ०७ गते शनिवारका दिन असामयिक निधन भएकाले हामी मर्माहत भएका छौं । यस दुःखद घडीमा स्वर्गीय जित बहादुर थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना सहित हार्दिक समवेदना प्रकट गर्दछौ । स्वर्गीय जित बहादुर थापा प्रति शोक व्यक्त गर्न भोली मिति २०७४ श्रावण ९ गते सोमवार एक दिनका लागि शोक विदा रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । 
पूनश्चः भोली श्रावण ९ गते विहान ७ ः०० वजे श्रद्धाञ्जलीका लागि क्याम्पसमा उपस्थित हुन समेत जानकारी गराईन्छ ।