परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना ।

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७३ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने स्नातकोत्तर तह दोस्रो खण्ड व्यावस्थापन र शिक्षा संकायमा अध्ययनरत नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मिति २०७४ साल भाद्र ०६ गते मंगलबार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनु पर्नेछ । यस सम्वन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
पुनश्चः
१.स्नातकोत्तर तह प्रथम वर्ष व्यवस्थापन संकायका आंशिक परीक्षा दिने विद्यार्थीहरुले समेत परीक्षा आवेदन फाराम मथिकै समय सिमा भित्र भर्नुहुन
सूचित गरिन्छ ।
२.परीक्षा आवेदन फाराम भर्दा क्याम्पसमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण शुल्क भुक्तानी गरिसकेको हुनुपर्नेछ ।