परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुको सूचना अनुसार २०७४ सालको बार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने तिन वर्षे तथा चारवर्षे स्नातक तह तेस्रो बर्ष शिक्षा,मानविकी र व्यवस्थापन संकाय तर्फकोे वार्षिक परीक्षाका लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले प्रकृया पुरागरी मिति २०७३ चैत्र १८ गते सम्म परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनु पर्नेछ । यस सम्वन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।