नवबर्ष -२०७६ को शुभकामना ।

नवबर्ष २०७६ को पुनित अवसरमा क्याम्पस सभाका सदस्यज्यूहरु, सञ्चालक समिति तथा विभिन्न उप–समितिका पदाधिकारी एवम् सदस्यज्यूहरु, क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै नवबर्षको उपलक्ष्यमा २०७६ बैशाख १ गते आइतबार क्याम्पस विदा रहने र बैशाख २ गते सोमबारदेखि नियमित रुपमा कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।