त्रि.वि. रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

शैक्षिक बर्ष २०७७/०७८ (२०२०) मा त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तह प्रथम बर्ष/सेमेष्टर BBS, B.Ed., BA र BBA कार्यक्रममा भर्ना भई अध्ययनरत बिद्यार्थीहरुले त्रि.वि.मा नाम दर्ता (Registration) गर्नका लागि आवश्यक प्रकृया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा बिद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ ।
TU रजिष्ट्रेशनको लागी आवश्यक कागजातहरु:
=========================
1. +2 Migration Certificate (Orginal)
2. +2 Transcript Certificate-2 (Photocopy)
3. +2 Provisional Certificate-1 (Photocopy)
4. +2 Supplimentary Certificate-1 (Photocopy)
5. +2 Character Certificate-2 (Photocopy)
6. SLC/SEE Grade Sheet-2 (Photocopy)
7. SLC/SEE Character Certificate-2 (Photocopy)
8. PP Size Photo -2 Copy
फाराम भर्ने अन्तिम मितिः २०७८ बैशाख १७ गते शुक्रबार ।
पुनश्चः
१. रजिष्ट्रेशन फाराम भर्नका लागि क्याम्पसमा भर्ना भई सम्पूर्ण कागजातहरु तोकिएको समयमा पेश गर्नुपर्नेछ ।
२. राष्ट्रिय परीक्षा बोर्ड बुटवल कार्यालयबाट प्राप्त हुने +२ को प्रमाणपत्रहरुका लागि यथासिघ्र परीक्षा शाखामा सम्पर्क गरि मगाउन सकिनेछ ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।